काठमाडौँ। गीतकार डि.पि. दाहाल परिश्रमीको रचना, नरेश खातीको संगीतमा गायीका समिक्षा अधिकारीले स्वर दिएको ‘नाचौं बरिलै’ बोलको रमाइलो तीज गीत भिडियो सार्वजनिक गरिएको छ । रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको म्युजिक भिडियो डिपी दाहालको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । बिगतमा पनि दाहालको रचना रहेको माइतीको आंगनमा नाचौला बोलको तीज गीतलाई दर्शक श्रोताले मनपराएका थिए ।
गीतको भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन भने भिडियोमा संजना गुरुङ फिचर्ड छन् । करन चैंसिरले छायांकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका छन् ।