एजेन्सी। यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गतको आगामी चलचित्र ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। लगभग २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा अभिनेता ऋतिक रोशन फेरि पनि कबीरको भूमिकामा फर्किएका छन्।
ऋतिकले आफ्नाे X (पूर्व ट्विटर) मा ट्रेलर सेयर गर्दै लेखेका छन् “यस युद्धमा कसैको साथ दिनु सजिलो हुने छैन।”
ट्रेलरमा ऋतिकको पात्र विभिन्न भावना (इमोशन) मा देखिन्छ। चलचित्रमा जूनियर जूनियर एनटीआर, कियारा आडवाणी र आशुतोष राणा पनि महत्वपूर्ण भूमिकामा देखिएका छन्।
विशाल एक्शन दृश्यहरू रहेको यो फिल्ममा ऋतिक र जूनियर एनटीआर बीच सिधा भिडन्त समेत देख्न सकिन्छ। ट्रेलरमै उनीहरूले भागवत गीताका श्लोक उच्चारण गरेका छन्।
एक दृश्यमा कबीर आफ्नो पुराना साथी क्याप्टेन खालिद रहमानीलाई श्रद्धाञ्जली दिन्छन्। यो पात्रलाई पहिलो फिल्म ‘वार’ मा टाइगर श्रॉफले निभाएका थिए।
फिल्ममा पहिलोपटक ऋतिक र कियारा आडवाणीको जोडी देखिनेछ। ट्रेलरमा उनीहरूको केमेस्ट्री राम्रो देखिन्छ।
यो चलचित्र निर्देशक अयान मुखर्जीको निर्देशनमा बनेको हो। यसअघि ऋतिक र अयानको सहकार्य भएको थिएन। चलचित्रलाई यशराज फिल्म्सले निर्माण गरेको हो। फिल्म अगस्ट १४ (श्रावण २८ गते) बिस्वभरका सिनेमाघरहरूमा रिलिज हुनेछ।