सोच्न बाध्य बनाउदै भावनाको ‘सोच सोच केटी हो’


काठमाडौं । गायिका भावना आचार्यले झण्डै एक बर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छिन । आफ्नै युट्युव च्यानल भावना आचार्य मार्फत सोमबार दर्शकमाझ ल्याइएको `सोच सोच केटी´ मा भावनालाई गायनमा रामचन्द्र काफ्लेले साथ दिएका छ्न ।

यसअघि `बग्ने खोला बगी गो´,`बग्ने खोला-२` `माया बस्ला फेरि´ लगायतका चर्चित गीतकी गायिका भावनाको यो तीज गीतको शब्द र संगीत पनि उनी स्वयमको हो । नितिन चन्दले निर्देशन गरेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल,गायिका भावना, राजन अधिकारी,अमृत आचार्य र नवीन किशोर फिचर छन् । सुरेन बसेलले कोरियोग्राफी गरेको भिडियो बिनोद बिष्टले खिचेका हुन् भने सम्पादन शौखिन तिमिल्सिनाले गरेका छन् ।

प्रेम तथा बैबाहिक सम्बन्धको बिषयमा पुरुष-महिला, दुवैलाई सचेत गराउने खालको शब्द र भाव रहेको गीतको भिडियो रमाइलो बनेको छ । गीतले क्रमश दर्शक श्रोताको मन जित्दै गैरहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.