भारतीय राष्ट्रपतिले गरिन भारतीय कलाकारलाई पदमभुषण र पदमश्री सम्मान


काठमाडौ। पद्म पुरस्कार २०२५ का विजेताहरूलाई सोमबार दिल्लीको राष्ट्रपति भवनमा भव्य समारोहमा सम्मान गरिएको थियो। यस विशेष अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले कला, सिनेमा र संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्मभूषण र पद्मश्री जस्ता प्रतिष्ठित सम्मानले सम्मान गरेकी छन्। आखिर कुन सेलिब्रेटीलाई यो अवार्डले सम्मानित गरिएको थियो त, आउनुहोस् जानौं ।

सो कार्यक्रममा दक्षिण भारतीय सिनेमाका सुपरस्टार अजित कुमार, दिग्गज गायक अरिजित सिंह र प्रसिद्ध फिल्म निर्माता शेखर कपुरको उपस्थिति रहेको थियो । अजित कुमारलाई पद्मभूषण प्रदान गरिएको घोषणा पछि उनका फ्यानमा खुसीको लहर छाएको छ । अवार्ड पाउँदा अजित निकै खुसी देखिएकासमेत थिए ।‘मासूम’, ‘मिस्टर इन्डिया’ र ‘ब्यान्डिट क्वीन’ जस्ता उत्कृष्ट फिल्मका लागि चर्चित फिल्म निर्देशक शेखर कपूरलाई पनि पद्मभूषणबाट सम्मानित गरिएको थियो । कालो रंगको शेरवानी लगाएका शेखर कपुरले अवार्ड ग्रहण गर्दै भारतीय सिनेमामा आफ्नो योगदानको स्मरण गरेका थिए ।

गायक अरिजित सिंहको सुमधुर स्वरले लाखौंको मन छोयो उनलाई पद्मश्री अवार्ड दिइएको थियो । कार्यक्रममा अरिजित एकदमै सरल शैलीमा देखिएका थिए र आफ्ना फ्यानलाई धन्यवाद दिए ।यसका साथै स्वर्गीय गायक पंकज उधासलाई पनि मरणोपरान्त पद्मभूषण प्रदान गरिएको थियो । उनकी श्रीमती फरिदा पंकज उधासले यो अवार्ड लिदाँ  सबैका आँखामा आँसु ल्याइन् । पंकज उधासका गीतहरु आज पनि संगीत प्रेमीहरुको मनमा बसेका छन् । साउथका चर्चित अभिनेता नन्दमुरी बालकृष्णलाई पनि पद्मभूषणबाट सम्मानित गरिएको थियो । उनले अवार्ड ग्रहण गर्ने क्रममा परम्परागत शैलीमा समारोहमा पुगेर भारतीय संस्कृतिको सुन्दर चित्र प्रस्तुत गरेका थिए ।

संगीत जगतसँग जोडिएका धेरै कलाकारको कुरा गर्दा जसपिन्दर नरुला, अश्विनी भिडे–देश पाण्डे, श्रीनगरका भक्ति गायक हरजिन्दर सिंह, लोक संगीतकार जोयना चरण बथरी र महावीर नायक जस्ता कलाकारलाई पनि पद्मश्रीले सम्मान गरिएको थियो ।चलचित्र तथा रंगमञ्च जगतका वरिष्ठ कलाकार अनन्त नाग र अशोक सराफलाई पनि अदभुत योगदानका लागि राष्ट्रपतिबाट सम्मान गरिएको थियो ।यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले यी पुरस्कारहरू व्यक्तिगत उपलब्धिको सम्मान मात्र नभई भारतीय कला, संस्कृति र मनोरञ्जनको क्षेत्रमा उनको योगदानको कदर पनि भएको बताइन्।