जुन हिराेइनकाे २१ बर्षमा इन्गेजमेन्ट टुटयाे, उनले १४ महिनामा दिइन ३ हजार करोड कमाइ


काठमाडौं। भारतीय सिनेमाका एकजना अभिनेत्रीले आफ्नो छोटो क्यारियरमा ठूलो सफलता हासिल गरिन् । खासमा उनी साउथ फिल्म उद्योगमा ठूलो नाम बनेकी छिन् र बलिउडमा पनि काम गरिसकेकी छिन् । उनले १४ महिनामा बिचमा नै तीनवटा ब्लकबस्टर भारतीय फिल्म दिइन । तर, उनी आफ्नो व्यक्तिगत जीवनका कारण भने निकै चर्चामा रहने गर्छिन् ।

खासमा उनले २१ वर्षको उमेरमा इन्गेजमेन्ट गरेकी थिइन तर अहिले ती अभिनेत्री भने २९ वर्षको उमेरमा पनि कुमारी नै छिन्। ढिलो नगरी तपाईलाई बताऔं कि यी सुन्दरी हुन् रश्मिका मन्डन्ना, जो भारतका लागि ‘नेसनल क्रस’ भइसकेकी छिन् । रश्मिका मन्डन्नाले आफ्नो अभिनय करियर साउथ सिनेमाबाट सुरु गरेकी थिइन् र अहिले उनले हिन्दी क्षेत्रका दर्शकमाझ पनि आफ्नो नाम कमाइ सकेकी छिन् ।

हालै उनको सलमान खानसँगको फिल्म ‘सिकन्दर’ रिलिज भए पनि बक्स अफिसमा फ्लप भयो । तर, यसअघि उनले १४ महिनामा एकपछि अर्को गरी तीनवटा ठूला ब्लकबस्टर फिल्म दिएर बक्स अफिसमा धुवाँ मच्चाएकी थिइन् ।

रश्मिकाको जन्म ५ अप्रिल १९९६ मा कर्नाटकको विराजपेटमा भएको थियो । उनले २० वर्षको उमेरमा कन्नड फिल्म ‘किरिक पार्टी’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिइन । त्यही बेला २१ वर्षको उमेरमा उनको इन्गेजमेन्ट भयो र २२ वर्षको उमेरमा उनी बिहे गरेर बस्न खोजेकी थिइन । तर, दैवको लिला उनको बिहे गरेर घरजम गरेर बस्ने सपना भने अहिलेसम्म साकार हुन सकेको छैन् ।

खासमा रश्मिकाले आफ्नो डेब्यू फिल्मबाट १३ वर्ष जेठी अभिनेता रक्षित शेट्टीको मन साटेकी थिइन् । दुबै सेटमा एक अर्काको प्रेममा गहिरो गरी परेका थिए र चाँडै उनीहरूले इन्गेजमेन्ट गर्ने निर्णयसमेत गरे। रश्मिकाले २१ वर्षको उमेरमा २०१७ मा अर्का अभिनेता रक्षितसँग इन्गेजमेन्टसमेत गरेकी थिइन् । तर यो सम्बन्ध विवाह मण्डपसम्म पुग्न पाएन ।

उनीहरूको केही कारणले दुवैको सम्बन्ध बिग्रियो र गरिसकेको इन्गेजमेन्ट टुट्यो । विवाहको आठ वर्ष बितिसक्दा पनि रश्मिका कुमारी नै छिन् तर उनी बिभिन्न अभिनेतासँग नाम जोडिरहेको देख्न सकिन्छ । तर, ईन्गेजमेन्ट टुटे पनि रश्मिकाले आफ्नो पहिलो ठूलो र विशेष पहिचान सन् २०२१ मा रिलिज भएको अल्लु अर्जुनको दक्षिण भारतीय फिल्म ‘पुष्पा’बाट पाएकी थिइन्, जुन ब्लकबस्टर सावित भएको थियो। यसपछि उनले रणवीर कपूरको बलिउडमा एनिमल (डिसेम्बर २०२३) सँग जोडिन पुगिन्, त्यस पछि उनी देशको ‘नेशनल क्रस’को छवीमा स्थापित भइन् । यो फिल्मले ९२० करोड कमाएको थियो ।

त्यसपछि रश्मिका ‘पुष्पा २’ (डिसेम्बर २०२४) मा देखा परेकी थिइन्, जसले विश्वभर १ हजार ८७१ करोड कमाएको थियो। यसपछि अभिनेत्री विक्की कौशलको फिल्म छावा (फेब्रुअरी २०२५) मा पनि देखा परेकी थिइन् । यो फिल्मले अहिलेसम्म ८०७ करोड कमाइसकेका छन् । यी तीन चलचित्र एनिमल, पुष्पाः २ र छावा १४ महिनाको बिचमा एक पछि अर्को गरी रिलिज भएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.