‘जन्ते बाख्रो’ को ‘घामै राजा’ सार्वजनिक


काठमाडौं। निर्देशक सिमोस सुनुवार को सिनेमा ‘जन्ते बाख्रो’ को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा रिलिज भएको गीतमा सौगात मल्ल र गरिमा शर्मा को अनस्क्रिन केमिस्ट्री देख्न सकिन्छ। बाबुल गिरी को शब्द, संगीत र स्वर रहेको गीतको अन्त्यमा आशिफ शाह लाई पनि सप्राइज रूपमा प्रस्तुत गरिएको छ।

सिनेमाको प्रदर्शन मिति जेठ ९ गते तय गरिएको छ। यसअघि जेठ २३ मा रिलिज गर्ने तयारी भए पनि सौगात मल्ल अभिनीत अर्को सिनेमा ‘भाइरल गोर्खे’ सोही समयमा आउन लागेको कारण दुई हप्ता अगाडि सारिएको हो। निर्माता सन्तोष गौतम का अनुसार नेपालसहित विदेशमा पनि सिनेमा एकसाथ प्रदर्शन गरिनेछ।

निर्देशक सिमोस सुनुवार ले ‘जन्ते बाख्रो’ लाई उत्कृष्ट बनाउन अघिल्ला सिनेमाका गल्ती सच्याउँदै मेहनत गरिएको बताए। अभिनेत्री गरिमा शर्मा ले आफू पहिलो पटक मुख्य भूमिकामा देखिन लागेकाले स्टेजमा उभिँदा डर लागेको अनुभव सुनाइन्।

सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको सिनेमामा सौगात, गरिमा, आशिफ सँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने लगायतका कलाकारको अभिनय छ।

हरि हुँमागाई को डिओपी, उत्तम हुँमागाई को सिनेमाटोग्राफी, सुनिल शिवभक्ति को सम्पादन तथा रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको यो सिनेमा टिफल्क फिल्मस्ले वितरण गर्नेछ। डिजिटल राइट्स जी टु वान डिजिटल ले खरिद गरिसकेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.