सलमानको सिकिन्दरले तीन दिनमै कमायो १४१ करोड बढी


काठमाडौ। बलिउडका ठूला सुपरस्टारहरू नकारात्मक समिक्षाबाट डराए पनि सलमान खानका फिल्ममा यसको कुनै असर परेको छैन ।

एक पटक उनका फ्यानहरू दृढ भइसके पछि जसरी पनि थिएटरमा पनि जान्छन् र आफ्नो खल्ती खाली गर्न पछि हट्दैनन् भन्ने पुनः पुष्टी भएको छ।

यसको प्रमाण फेरी उनको फिल्म ‘सिकन्दर’ को सफलताले भेटेको छ । जसले भारतमा राम्रो कलेक्सन मात्र गरिरहेको छैन, साथमा भाइजानको जादू पनि देख्न थालेको छ ।

ईदको एक दिन अघि रिलिज भएको सिकन्दरले साउथ सुपरस्टार मोहनलालको मलयालम फिल्म ‘एलः२ एम्पुरान’ सँग विश्वव्यापी बक्स अफिसमा टक्कर गरेको थियो। पहिलो दिन अग्रिम बुकिङका कारण इम्पुरानलाई फाइदा भएको भए पनि अब समयसँगै  ‘सिकन्दर’ले यसलाई पछि पारेको छ ।

सोमबार पछि मंगलबार पनि ‘सिकन्दर’का लागि फाइदाजनक रह्यो । सिकन्दरले अप्रिल १ मा विश्वभर कति कमाए भन्ने तथ्याङ्क सार्वजनिक भएको छ । कुनै ढिलाइ नगरी हामी तथ्याङ्कहरूमा द्रुत नजर राखौं ।

सिकन्दरले पहिलो दिन विश्वभर बक्स अफिसमा ४६ करोड कमाएको थियो । सुस्त सुरुवातका कारण फिल्म ध्वस्त हुने देखिए पनि सोमबार फिल्मले विश्वभर तहल्का मच्चायो । इदको अवसरमा रश्मिका मन्डन्ना र सलमान खानको फिल्मले करिब ५९ करोड कमाएको थियो । तेस्रो दिन पनि विश्वभरका फ्यानमा सिकन्दरको क्रेज घटेको छैन ।

फिल्मका निर्माता साजिद नाडियाडवालाले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा फिल्मको मंगलबारको तथ्याङ्क साझा गरेका छन्, जुन निकै प्रभावशाली रहेको देखिएको छ । मंगलबार रिलिजको तेस्रो दिन ‘सिकन्दर’ले विश्वभर १४१.१५ करोड कमाईसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.