सलमानकाे सिकिन्दरलाइ पछि छाडदैँ एम्पुरानले कटायो ५ दिनमा २०० करोड


काठमाडौ । सुपरस्टार मोहनलालको मलयालम एक्शन थ्रिलर एल २ः एम्पुरनले बक्स अफिसमा २०२५ को भारतीय चलचित्रको लागि ओपनिङ सप्ताहमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ ।
पछिल्लो ४ दिनको ओपनिङ सप्ताहन्तमा मलयालम फिल्मले सबैभन्दा ठूलो स्कोर हासिल गरेको छ।

पृथ्वीराज सुकुमारन द्वारा निर्देशित एल २ एम्पुरानले विश्वव्यापी रूपमा लगभग १७६ करोड सकल सङ्कलन गरिसकेको छ । जसका कारण ४ दिनको सप्ताहन्तमा सबै समयको तेस्रो सबैभन्दा धेरै कमाउने मोलिवुड फिल्म बन्न सफल भएको छ । छावाले परम्परागत ३ दिने सप्ताहन्तमा विश्वभर करिब १६५ करोड कमाएको थियो ।

यसको सुरुवाती सप्ताहन्तमा मोलिउड ब्लकबस्टरले विदेशी बक्स अफिसमा १०० करोड भन्दा बढी कमाउन सफल भएको छ, जुन कमाइ गर्ने पहिलो मलयालम फिल्मसमेत बनेको छ । घरेलु रूपमा यसले लगभग ६९ करोड कमाएको छ, जसमा गृह राज्य केरलामा लगभग ४३ करोड संकलन समावेश छ।

यसैबीच इम्पुरानले पाँचौं दिनमा पुग्दा विश्वभरबाट २०० करोड कमाएको छ, जुन चलचित्रले ईदको छुट्टीको फाइदा उठाउन सफल भएको छ । यो ‘मन्जुम्मेल ब्वाईज’ को २४१ करोड कमाई पछिको सबै समयको यति धेरै कमाइ गर्ने यो दोस्रो मलयालम फिल्म हो तर यो माइलस्टोन तोड्ने सबालमा भने सबैभन्दा छिटो बनिसकेको। यो पहिलो हप्ता समाप्त हुनु अघि नै सबैभन्दा ठूलो कमाइ हुने सम्भावना प्रस्टै देखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.