जापानमा बसोबास गर्दै आएका राहुल र सन्जुको ‘ढुकढुकी’ सार्वजनिक (भिडियो)


काठमाडौँ। सुमन केसी र रोजिना बस्नेतको आवाजमा रहेको नयाँ गीत ‘ढुकढुकी’ भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक रोमान्टिक गीतमा सरोज पोखरेलको संगीत र किशोर पोखरेलको शब्द रचना रहेको छ। नितिन चन्दले निर्देशनमा बनेको भिडियोमा जापानमा व्यवसाय सञ्चालन गर्दै आएका राहुल शाही ठकुरी र सन्जु शाही ठकुरीको पहिलो भिडियो हो।

भिडियो जापानको सुन्दर शहर मियाजाकी क्षेत्रमा छायांकन गरिएको हो। भिडियोमा राहुल र सन्जुको प्रेम र भावनात्मक क्षणहरूलाई स्वभाविक ढंगले अभिव्यक्त गरेका छन् । भिडियोको क्रियटिभ डाइरेक्टर फुर्वा शेर्पा हुन्। नितिन चन्दले छायांकन गरेको भिडियोको सम्पादन बिकाश धमलाले गरेका छन्। भिडियो गायक सुमन केसीको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.