रिजालको ‘तिम्रै सम्झना छ’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक अनिल रिजालको नयाँ गीत ‘तिम्रै सम्झना छ’ सार्वजनिक गरिएको छ। उक्त गीतमा गायक रिजाल कै शब्द रहेको छ भने कम्पोजिसन पनि उनकै रहेको छ। भोकलमा अनिल सँगै सन्दर्भ ब्याण्ड र अनिता जिम्बाको आवाज रहेको छ । राज महर्जनको मिक्सिङ्ग मास्टरिङ्ग रहेको गीतमा सोफिया गहतराजलाई फिचर गरिएको छ ।

“मैले यो गीतमा आफ्नो हृदयको गहिराइबाट प्रेमको भावनालाई व्यक्त गर्ने प्रयास गरेको छु, र मलाई आशा छ कि यसले श्रोताहरूलाई आफ्नो प्रियजनको याद दिलाउनेछ,” अनिल रिजाल भन्छन् । मार्सल फोटोग्राफ्सले भिडियो छायाङ्कन सम्पादन र निर्देशन गरेको हो भने गीतलाई प्रमोसन गर्ने जिम्मा म्युजिकली नेपालले गरेको छ । यस अघि अनिलले ‘अपरिचित’ बोलको भिडियो सार्वजनिक गरेका थिए । भिडियोलाई दर्शकले रुचाएका थिए । यस पटकको भिडियोलाई पनि दर्शकले माया गर्नेमा गायक रिजाल आशावादी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.