‘पुष्पा’ अभिनेत्री रश्मिका मंदानाको संघर्ष, हात जल्ने, पेट दुख्ने हुँदा समेत सुटिंगमा


एजेन्सी। पैन-इण्डिया स्टार बनेकी रश्मिका मंदानाको यात्रा सजिलो थिएन। फिल्म ‘किरिक पार्टी’ बाट डेब्यू गरेपछि उनले डबल शिफ्ट, स्क्रीन टेस्ट र रिजेक्शनहरूको सामना गरिन्, तर कहिल्यै हार मानीनन्। ‘पुष्पा’ को सफलताले उनलाई प्रत्येक घरमा चिनिने बनाइदियो।

आफ्नो पहिलो सोलो फिल्म ‘द गर्लफ्रेंड’ को लागि उत्साहित रश्मिकाले एक अनलाइन संगको विशेष संवादमा आफ्नो संघर्ष, स्टारडम र नयाँ प्रोजेक्टको बारेमा खुलेर कुरा गरेकी छन्।

कति पटक शरीरले साथ नदिँदा पनि सेटमा जानु पर्यो

यो एकदमै कठिन समय थियो। यस्तो लाग्थ्यो कि म सबै शक्ति लगाएर दौडिरहेकी छु, तर गन्तव्य देख्दिन थिए। म दिन-प्रतिदिन मेहनत गर्दै थिएँ डबल शिफ्ट्स, डायलग कोचिंग, स्क्रीन टेस्ट र रिजेक्शनको सामना गर्दै। केही पटक शरीरले साथ दिएन, तर फेरि पनि सेटमा जानु पर्यो ।

कहिले हात जले, कहिले पेट दुख्ने, तर त्यसको बाबजुद पनि आफूलाई सम्हाल्नुपर्थ्यो। यो त्यस्तो समय थियो, जब मैले आफूसँग प्रतिज्ञा गरेकी थिएँ कि यो संघर्ष कहिल्यै व्यर्थ जाने छैन। जब कहिले निराश भएको थिएँ, तब आफैंलाई भन्थें – ” राम्रो दिन आउँछ, बस अघि बढिरह,” र यो सोच मेरो सबैभन्दा ठूलो शक्ति बन्यो।

मैले आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी आफूलाई नै मान्छु

मैले कहिल्यै पूर्ण रूपमा सन्तुष्ट महसुस गरिन। हरेक फिल्मको पछि सोच्छु— “अब म के नयाँ गर्न सक्छु?” जब मैले ‘पुष्पा’ मा काम गरें, मलाई लाग्यो कि यो मेरो ठुलो काम हो, तर अहिले सोच्दछु – यसबाट अगाडि के गर्ने? मेरो सबैभन्दा ठूलो प्रतिस्पर्धी म आफैं संग हो।

म चाहन्न कि मानिसहरूले मलाई अरूसँग तुलना गरुन । मेरो ध्यान सधैं आफूलाई अझ राम्रो बनाउनमा रहेको छ। स्टारडम भन्दा महत्वपूर्ण कुरा भनेको यो हो कि मानिसहरूले मसँग कनेक्ट महशुस गर्न सकून्। जब मानिसहरूले तपाईंको साँचो आत्मा मन पराउँछन्, तब सफलता र असफलता केहि महत्त्व राख्दैन।

मलाई क्षणिक स्टारडम चाहिँदैन

जब दिल्ली, पटना, मुम्बई जस्ता शहरका मानिसहरूले मलाई आफ्नो बनाउँछन्, तब मलाई यो सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्छ। म क्षणिक स्टारडम चाहन्न, म त्यस्तो माया चाहन्छु जुन लामो समयसम्म रहोस्। जस्तो कि भनिन्छ – “घरको छोरी”, म चाहन्छु कि मानिसहरूले मलाई पनि त्यस्तै अपनाउँन्।

म मानिसहरूको हृदयको हिस्सा बन्न चाहन्छु, उनीहरूको कुराकानीमा बस्न चाहन्छु। यसकारण म हरेक फिल्ममा आफ्नो सबै प्रयास गर्छु। अहिले जब मानिसहरूले यत्रा माया दिनु भएको छ, तब मलाई लाग्छ कि मेरो परिश्रम सही दिशा तर्फ गएको छ।

अब मेरो काममा आत्मविश्वास छ, जुन पहिले थिएन

यी वर्षहरूमा मैले धेरै कुरा सिकें र आफैलाई धेरै बदलें। सुरुका दिनहरूमा म प्रदर्शन गरिरहेकी थिएँ, तर आफूसँग विश्वास थिएन। मानिसहरूले भन्थे कि म स्क्रिनमा राम्री देखिन्छु, तर म आफ्नो कामसँग सन्तुष्ट थिइन।

आज म जान्दछु कि जब म स्क्रिनमा आउँछु, तब मानिसहरूले ममा ध्यान दिन्छन्। अब मेरो काममा एउटा आत्मविश्वास छ, जुन पहिले थिएन। यो मेरो लागि सबैभन्दा ठूलो परिवर्तन हो र म यसमा गर्व गर्न चाहन्छु।

‘द गर्लफ्रेन्ड’ मेरो बेबी फिल्म हो

‘द गर्लफ्रेन्ड’ मेरो लागि अत्यन्त विशेष फिल्म हो। यो एक अलग प्रकारको कथा हो, जसमा इमोशन र ड्रामा छ। मैले यस फिल्मलाई मेरो करियरको सबैभन्दा ठूलो जिम्मेवारीको रूपमा लिएकी छु। म यसलाई मेरो ‘बेबी फिल्म’ मान्छु, किनकि यहाँ सबै कुरा ममाथि आधारित थियो। पुरा टीमले दिल र ज्यान लगाएर काम गरेको छ र मलाई विश्वास छ कि दर्शकहरूले यो फिल्म मन पराउनेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.