नेपाली टिमले निर्माण गरेको कुमाउनी गीत टिकटकमा भाइरल


काठमाडौँ। ‘म्यारा सइयां जी’ केहि हप्ता देखि टिकटकमा भाइरल भई रहेको छ। ‘म्यारा सइयां जी’ बोलको गीतमा २ लाख भन्दा धेरै टिकटक बनेको छ। उत्तराखन्डमा छायांकन गरिएको ‘म्यारा सइयां जी’ को भिडियो ६ महिना पहिले यु ट्युवमा सार्वजनिक भएको थियो। ६ महिना पछि आएर टिकटकमा भाइरल बनेको उक्त गीतको भिडियो नेपाली टिमले निर्माण गरेको हो।

करण चैंसिरले छायांकन,टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा सियोन श्रेष्ठ र अंकित आर्याको कोरियोग्राफी रहेको छ। कोरियोग्राफर सियोन श्रेष्ठका अनुसार डान्स स्टेप धेरैले मन पराएका कारण धेरै टिकटक बनेको हो। उत्तराखन्डको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको कुमाउनी गीतको भिडियोले नेपाली र इन्डियन दुवै दर्शकको माया पाएकोले अझै काम गर्ने हौशला बढेको कोरियोग्राफर सियोनले बताए।

दिक्षा धौण्डीय़ाको स्वर रहेको गीतमा निषाद चन्द्रको संगीत रहेको छ। दिपक पल्सको शब्द रचना रहेको गीतको भिडियोको निर्देशन पनि दिपकले नै गरेका हुन्। भिडियोमा स्वेता महरा र हिमांशु आर्या फिचर्ड छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.