‘छावा’ बन्यो ५०० करोड क्लबमा छिर्ने यस वर्षको पहिलो फिल्म


एजेन्सी । विक्की कौशलको ‘छावा’ ५०० करोड कमाउने यस वर्षको पहिलो फिल्म बनेको छ । शनिबार भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन ५०० करोडमाथि उक्लिएको छ । छत्रपति संभाजी महाराजको जीवनमा आधारित यो फिल्मलाई दर्शकले राम्रो माया दिइरहेका छन्, जसका कारण फिल्मले बम्पर कमाई गरिरहेको छ ।

रिलिज भएको २३ औँ दिनमा फिल्मको कमाइमा व्यापक वृद्धि देखियो । लक्ष्मण उतेकरद्वारा निर्देशित यो फिल्मले २३ औँ दिन शनिबार बक्स अफिसबाट १६ करोड ५० लाख भारु कमाएको छ ।

फिल्मले बक्स अफिसमा एक पछि अर्को गर्दै अनेक ब्लकबस्टर फिल्महरूको रेकर्ड तोडिसकेको छ । ५०० करोड क्लबमा प्रवेश गरेर फिल्मले नयाँ रेकर्ड बनाएको छ । फिल्मको कुल कमाइको कुरा गर्दा, यसले अहिलेसम्म बक्स अफिसमा ५०८ करोड ८० लाख भारु कमाएको छ ।

पहिलो हप्तामा २१९ करोड २५ लाख भारु कमाएको फिल्मले दोस्रो हप्तामा १८० करोड २५ लाख भारु कमाएको थियो । तेस्रो हप्तामा फिल्मको कलेक्सन ८४ करोड ५ लाख भारु रह्यो ।