राजनको ‘आउँदा जाँदा’ मा अभिनेता मुकुन र भावना (भिडियो)


काठमाडौँ। राजन न्यौपानेको शब्द,संगीत र स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। प्रतिभाका धनी राजन न्यौपानेको यो पहिलो अफिसियल गीत हो। उनका अन्य केहि गीतहरुको रेकर्डिङ्ग सकिएर रिलिज हुने तयारीमा रहेका छन्। पछिल्लो समय म्युजिक भिडियोको निर्देशनमा व्यस्त सागर ज्ञवालीको कथा र निर्देशनमा तयार भएको भिडियोमा अभिनेता मुकुन भुषाल,भावना उप्रेती र लिन ओली फिचर्ड छन्।

राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायांकन नारायण जिसीले र सम्पादन अमृत चापागाईंले गरेका छन्। म्युजिक नेपालको प्रस्तुति रहेको ‘आउँदा जाँदा’ बोलको गीतको भिडियोमा गाउँमा पहिलो पटक मोटर पुग्दाको परिवेश बुनिएको छ। म्युजिक नेपालले नयाँ प्रतिभावान गायक कलाकारहरुको प्रवर्धन गर्ने उदेश्य सहित यो भिडियोको निर्माण गरेको जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.