काठमाडौँ। निर्मला घिमिरे ‘निरु’ को स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सलल बग्छ खोला यो’ बोलको गीतमा डाक्टर किरांतको शब्द तथा संगीत रहेको छ। संगीत संयोजन सागर संसारको रहेको छ। लोक फ्लेभरको गीतको भिडियोको निर्देशन गोपाल कटुवालले गरेका हुन्। भिडियोमा समिता गिरि र भबिष्य कार्की फिचर्ड छन्। भिडियोको छायाँकन शिव ढकालले र सम्पादन राम प्रसाद चौधरीको रहेको छ। भिडियो बोधी एच डीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।