विदेशबाट नेपालको अवस्था चित्रण गर्दै प्रकाश स्पर्शले ल्याए ‘डेढु बाँदर राजनीति लोदर’(भिडियो)


काठमाडौँ। गायक टीकाबहादुर मगरको नयाँ गीत ‘डेढु बाँदर राजनीति लोदर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । देशको समसामयिक राजनीतिक प्रवृत्तिमाथि व्यंग्य गर्ने यो गीतमा प्रकाश स्पर्शको शब्द र मोहनकुमार मगरको संगीत छ । गीतलाई सविन लिम्बूले एरेन्ज गरेका हुन् ।

देशको राजनीतिक परिस्थितिका कारण रोजगारी नपाएर विदेशिन बाध्य युवाहरुको कथालाई गीतको भिडियोमा व्यंग्यात्मक ढंगले उतारिएको छ । भिडियोको निर्देशन संगीतकार मगरले नै गरेका हुन् । ‘गीतकार (प्रकाश स्पर्श) आफैं पनि विदेशमा बस्छन् । त्यहाँबाट उहाँले नेपालको अवस्थालाई नियाल्न खोजेका छन् । यो नेपाली समाजको यथार्थवादी गीत हो ।

गीतको भिडियोमा गोपाल ढकाल ‘छन्दे’, प्रकाश स्पर्श, मोहनकुमार मगर, अञ्जली पौडेल, जुना सत्याल र अमृत सागरले अभिनय गरेका छन् । रमेश रम्तेलले खिचेको भिडियोलाई विनोद बमले सम्पादन तथा कलर संयोजन गरेका हुन् ।

‘डेढु बाँदर राजनीति लोदर’ गीत ‘टीकाबहादुर मगर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.