‘सिंघम अगेन’ले ३ दिनमा १२० करोडको ब्यापार गर्दा कति गर्यो ‘भूल भुलैया ३’ले


काठमाडौँ। रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सिंघम अगेन’ ले पहिलो सप्ताहन्तमा नै १२० करोडको कारोबार गर्दै नयाँ रेकर्ड कायम गरेको छ। तेस्रो दिनमा भने फिल्मको कमाईमा थोरै गिरावट आएको छ। कार्तिक आर्यनको ‘भूल भुलैया ३’ ले तेस्रो दिन सम्म १०६ करोड भारू कमाएको छ।।

रोहित शेट्टीको कप युनिभर्स फिल्मको नयाँ संस्करणले अजय देवगन, अक्षय कुमार, करिना कपूर, र रणवीर सिंहलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै, दिवालीको दिन रिलिज भएको दिनदेखि नै राम्रो व्यापार गरिरहेको छ। यस फिल्मले पहिलो सप्ताहन्तमा नै १२० करोड कमाएर नयाँ उचाइमा पुगेको छ।

यो कमाई निर्देशक रोहित शेट्टी र अभिनेता अजय देवगनका लागि सबैभन्दा ठूलो ओपनिङ भएको छ र यसले ‘गोलमाल अगेन’ र ‘चेन्नई एक्सप्रेस’ को ओपनिङ रेकर्डलाई समेत उछिनेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.