टिकाहाङको ‘बुकी फूल’ मा ऐशा र निर्मल (भिडियो)


काठमाडौंँ । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत मविन्द्र राईको छ । गीतमा गिटार सन्देश थारु र ड्रम अवेथापा मगरको छ ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा ऐशा तामाङ र निर्मल राईको अभिनय छ । भिडियोमा ऐशा र निर्मलको प्रेमकथा देखाउन खोजिएको छ ।

भिडियोमा अनिल राणाको सम्पादन छ । भिडियोका निर्देशक भुपेन्द्र तुम्बाहाम्फे हुन् । भिडियोको छायांकन निर्देशक स्वयम् तुम्बाहाम्फे कै रहेको छ। निर्देशक तुम्बाहाम्फेले पुर्वका रमणीय दृश्यहरु समेटेर आकर्षक भिडियो बनाएका छन्। भिडियो द्रब्य ब्याण्डको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।