परिवार र सम्बन्धको कथा ‘आफ्नै स्वार्थ’


काठमाडौँ। कुनै समय थियो नेपाली गीत संगीत सुन्नको लागी रेडियो नेपालको निश्चित समय कुरेर बस्नु पर्थ्यो। एफएम रेडियोहरुको सुरुवात संगै नेपाली गीत संगीत पारखीहरु बढ्न थाले। अहिले आएर प्रविधिले यति सजिलो बनाई दियोकि आफुलाई मन परेको गीत यु ट्युबमार्फत जति बेला पनि सुन्न र हेर्न पाइने भयो। अहिलेको समय गीत संगीत सुन्ने भन्दा पनि भिडियो हेर्ने हुन थाले। गीतमा कथा डाइलग थपेर म्युजिकल फिल्म बनाउने प्रचलन बढ्यो। यसै क्रममा निर्देशक रोशन दासले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल फिल्म निर्माण गरेका छन्। परिवार र सम्बन्धको कथा ‘आफ्नै स्वार्थ’ को भिडियो हेर्दा एकै छिन सबैलाई भावुक र सोचमग्न बनाउदछ। म्युजिकल फिल्ममा काम गर्ने सम्पूर्ण कलाकारहरुको अभिनय जिवन्त छ। निर्देशकले गीतको भावना र मर्मलाई बुझेर पर्दामा उतारेका छन्। म्युजिकल फिल्मको पटकथा किङ्ग एबिसीको हो भने निर्माता प्रतीक दास हुन्।

‘आफ्नै स्वार्थ’ पशुपति बृद्दाआश्रममा रहेका करिब ६ दर्जन बृद्द बृद्दाहरुलाई साक्षी राखेर आज भिडियो सार्वजनिक गरिएको हो।

‘आफ्नै स्वार्थ’ मा गायक धुर्व बिस्वकर्माको स्वर रोशन दासको शब्द रचना र राजन कार्कीको संगीत रहेको छ। रोशन दासको कथा र निर्देशनमा बनेको म्युजिकल फिल्ममा सुभास गजुरेल,गीता श्री थापा,नारायण बिक,अनुस्कृति घिमिरे,दिपेश घिमिरे,सरिता कठायत,सम्राट दास,सरिता ढुंगाना,अग्नि सुवेदी,रेश पोख्रेल र दिप्त प्रकाश अधिकारीको अभिनय रहेको छ। भिडियोमा युवाहरुको कथालाई गहन रुपमा प्रस्तुत गर्न खोजिएको छ।

हरी प्रसाद ढकालले छायांकन गरेको म्युजिकल फिल्ममा फुर्बा लामाको सम्पादन,श्याम कुँवरको कलर संयोजन,सुरेन्द्र क्षेत्रीको कास्टिंग निर्देशन रहेको छ। रीता देवी,कुमारी बीना दाहाल र प्रतिमा देवी दास कार्यकारी निर्माता रहेको म्युजिकल फिल्मको निर्माण सल्लाहकारमा हिक्मत शर्मा रहेका छन्। म्युजिकल फिल्म रेज इन्टरटेन्टमेन्ट यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.