विनोद ढकालको दशैँ र तिहार बिसेष गीत सार्वजनिक


काठमाडौं। दशैँ र तिहारको चाडपर्वको उमंग समेटिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। जसमा गायक विनोद ढकालको स्वर, संगीत, र शब्द रहेको छ। निर्देशक राजु भट्टको निर्देशनमा तयार गरिएको यो भिडियोले काठमाडौंका व्यस्त गल्लीहरूदेखि चित्लाङका शान्त सुन्दर दृश्यसम्मको यात्रालाई कैद गरेको छ।

भिडियोले पारिवारिक पुनर्मिलन र चाडपर्वको उत्सवलाई सम्झाउने क्षणहरू प्रस्तुत गर्दछ।भिडियोमा मोडलहरू निर्जन थापा, सुशान्त आर. टि, सुशिला उप्रेती (बोजु), आश्विनि कोइराला, इश्वर बल्लभ उप्रेति, प्रतिशा उप्रेति कटुवाल लगायतले चाडपर्वको बेला यात्रा गर्दा देखिने खुसीका पलहरूलाई जीवित बनाएका छन् । ती जीवन्त क्षणहरूलाई छायांकार रणधीर श्रेष्ठले क्यामेरामा कैद गरेका हुन् भने सम्पादनको कार्य टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो विनोद ढकालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.