नेपाल आईडल करणको दशैं तिहार विशेष गीत सार्वजनिक


काठमाडौँ। नेपाल आईडल सिजन पाँचका विजेता करण परियारको स्वर एवं गीतकार टिकाराम ढकालको शव्द रचना रहेको दशैं तिहार विशेष गीत सार्वजनिक गरिएको छ। ‘ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी’ बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत रही चाडपर्वमा आफ्नो गाउँघर आउन नपाउँदाको दुखः पीडालाई देखाउन खोजिएको छ। विशेष गरी नेपालीहरुको महान चाड दशैं र तिहारलाई एक प्रदेशीले आफ्नो परिवारसँग मनाउन नपाउँदाको वास्तविक कथा व्यथालाई समेटेर निर्माण गरिएको म्यूजिक भिडियोमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरवीर पंडित, हुमा भण्डारी एवं बाल कलाकार आरोभ ढकालको मुख्य अभिनय रहेको छ।

निजामती सेवाको उपसचिव पदमा कार्यरत गीतकार टिकाराम ढकालको शव्दलाई युवा संगीतकार बिपी वाग्लेले संगीत एवं भद्र वलीले एरेन्ज गरेका छन्। रक कौशलको छायाँकन,निराजन सिंह ठकुरीको सम्पादन रहेको छ। बिपी वाग्लेको निर्देशनमा निर्माण भएको भिडियो ओएसआर डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.