बालगायक मृदुलको बुवा आमाप्रति समर्पित गीत मेरो मन्दिर’ सार्वजनिक


काठमाडौं। प्रतिभावान् बालगायक मृदुल राठिको आवाजमा रहेको पहिलाे गीत ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बालगायक राठिको स्वर, अमित क्षेत्रीको शब्द, संगीत रहेको छ । सार्वजनिक भिडियो सुरशाला युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो ।

हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित उक्त म्युजिक भिडियोमा बालगायक राठिकै बुबा आमाको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् भने छायाँकार निसल पाैडेल रहेका छन् ।

बालगायक राठिले गीत हजुरबुबा शखरलाल राठिप्रति समर्पित गरेका छन् । भिडियाे र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्ताप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावककाे प्रेमप्रति देखाएकाे सम्मानलाई झल्काएको छ ।