कस्तुप पन्तले ल्याए मौलिक लोकदोहोरी गीत ‘मगमग बासना’


काठमाडौंँ । गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । लोकप्रिय श्रर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै मिठासपुर्ण छन् । गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ । गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ ।

गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ । प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र दीपक बिष्टको सम्पादन छ । गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.