गोराखानी गाउँ चिनाउन बन्यो गीत


काठमाडौंँ । पछिल्लो समय गीतसंगीत माया, प्रेमका अलवा धार्मिक, ऐतिहासिक र बिभिन्न पर्यटकिय क्षेत्रको बिषयमा पनि बन्न थालेको छ । यस्तैमा सोलुको दुधकुण्ड नगरपालिकाको वडा नं ९ मा पर्ने गोराखानी गाउँको पर्यटकिय क्षेत्र पिके पिक, ग्युरर्मी छोइलिङ गुम्बा, दुधपोखरी, बौद्ध, गुम्बा, माहादेवी, सेतीभुमी जस्ता पुरातात्विक हिसावले महत्व बोकेको धार्मिक तथा पर्यटकिय समेटिएको गीत ‘हाम्रो गोराखानी गाउँ, राम्रो गोराखानी गाउँ’ सार्वजनिक गरिएको छ ।

पासाङ तामाङको परिकल्पना शंकर अधिकारी घायलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतमा गायिका रिता केसी र गायक संजय तोम्रुकको स्वर छ ।

गीतको भिडियो पनि बनेको छ । भिडियोमा स्थानिय कला संस्कृती, भेषभुषा, गाउँघर, धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटिएको छ ।
जैदुङ्, लाप्चा, सिसाखोला, डाडाखर्क, फेदी, दिम्सेत, गोरा, छेवार, धारापानी, पिके, दुधपोखरी जस्ता सुन्दर स्थानको मा छायांकन भएको गीतको भिडियोमा पासाङ तामाङ र सुस्मिता तामाङको अभिनय छ ।

रेशम दर्लामीको छायाँकन र विश्वराम खड्का र अर्जुन खड्काको सम्पादन रहेको भिडियोलाई रत्न काजी जोशीले निर्देशन गरेका हुन् । निर्देशक जोशीले थुप्रै म्युजक भिडियो तथा सिरियलको निर्देशन गरिसकेका छन् । भिडियोलाई ब्रम्हायणी डिजिटल मिडियाले निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.