यो तीजैमा नाच्ने हो चोकैमा भन्दै आइन् झरना थापा (भिडियो)


काठमाडौँ। नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकदै गर्दा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ। केहि दिन अघि अश्लिल र छाडा गीतहरु सार्वजनिक भए भन्दै सामाजिक संजालमा ब्यापक आलोचना समेत भएको थियो। तीजको अवसर पारेर थुप्रै खाले गीतहरु सार्वजनिक हुने नौलो कुरा होइन। अस्मिता अधिकारीको स्वरमा मौलिक र तीजमा छम्म छम्म नाच्ने गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘माईतीको गाउँमा’ बोलको गीतमा दाहाल सन्तोषको शब्द रचना र संगीत बिशाल निरौलाको रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा अभिनेत्री झरना थापा,इन्दु दनुवार रबिन कार्की र एमडी अजाम फिचर्ड छन्। अभिनेत्री तथा निर्देशक झरना थापा धेरै पछि म्युजिक भिडियोमा देखिएकी हुन्। कुनै बेलाकी व्यस्त अभिनेत्री पछिल्लो समय चलचित्र निर्देशनमा व्यस्त छिन्। निर्देशक पौडेलले झरनालाई भिडियोमा नचाएका हुन्। ‘पहिले पनि उहाँ संग फिल्ममा सहकार्य भएको थियो अहिले तीज गीतमा खेल्न अनुरोध गरेको उहाँले सजिलै स्विकार्नु भयो र यो सहकार्य जुर्यो’ पौडेलले बताए।

राजेश घिमिरेले छायांकन गरेको भिडियोमा बिष्णु खड्काको सम्पादन र कलर संयोजन रहेको छ। प्रविन थापाले कोरियोग्राफी गरेको भिडियो जी मिडिया कनेक्सनको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। यसपालिको तीजमा सबै दिदिबहिनीहरुले यो गीतमा मज्जाले नाच्ने र यो पालिको तीजमा मनोरंजनलिने बिस्वाश रहेको मोडल इन्दु दनुवारले बताइन्।

Copyright © 2012 - 2026 | All Right Reserved.