शंकर श्रेष्ठको ‘आदत’ दुबईबाट सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘आदत’ बोलको गीत दुबई सम्पन्न एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको छ।

प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा शंकर श्रेष्ठ,गीता ढुंगाना र सुमन सिन्ग्देन तामाङ फिचर्ड छन्। उत्तम हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन माधव बेल्वासेले गरेका हुन्। भिडियो क्रियटिभ आवर प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.