सृजना अर्यालको ‘मनको मान्छे’ सार्वजनिक (भिडियो)


काठमाडौँ। कवि तथा गीतकार सृजना अर्यालको शब्दमा नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मनको मान्छे’ बोलको गीतमा नारायण प्रसाद दङ्गालको संगीत गायिका रचना रिमाल रअलिफ खानको आवाज रहेको छ। सार्वजनिक भिडियोमा जानकी कुँवर, श्रीजल अधिकारी र सृजना अर्यालको अभिनय रहेको छ।

देवेन्द्र कुँवरको निर्देशनमा बनेको भिडियो सृजना अर्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोको छायांकन सुशील डाँगीले र सम्पादन राजेश कुमारले गरेका हुन्। साहित्यकार अर्यालको यसअघि पनि ‘आशाको दियो’ र ‘गुलाबी मन’ नामका गीत तथा गजल सार्वजनिक भईसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.