शान्तिश्री र समीक्षाको ‘माछी’ मा लोमश, प्रियंका र कविता


काठमाडौँ। ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोमश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ गीतले ५ महिनाको अवधिमा युट्युबमा ४ करोड २७ लाख बढी भ्युज पाएको छ।

बिहीबार सार्वजनिक ‘माछी’ बोलको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर रहेको छ । गीतमा पुरूषोत्तम गैरेको शब्द एवं संगीत छ। सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्की, लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन्।

लोमश शर्माको प्रस्तुति एवं निर्देशन रहेको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी, नवराज उप्रेतीले छायांकन एवं मनोज कार्कीले सम्पादन गरेका छन् ।