तीज गीत ‘घर झगडा भाग ७’ सार्वजनिक


काठमाडौँ। नेपाली नारीहरुको पर्व हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ। यसपटक यज्ञ सापकोटाले मौलिक तीज गीत ‘घर झगडा भाग ७’ सार्वजनिक गरेका छन्।

सापकोटाले हरेक बर्ष ‘घरझगडा’ नाममा गीत लियर आउने गरेका छन्,यस अगाडीका भागहरु पनि लोकप्रिय भयकाले यसपटक भाग-७ लियर आएको सापकोटाले बताउछन् । सापकोटाको ‘घरझगडा भाग-६ यु ट्युब ट्रेण्डिङ्गमा रहेको छ।

यस पटक घरझगडा भाग-७ तीज गीतमा धेरै परिवारभित्रको कथा उठाइएको छ । सार्वजनिक गीतमा पशुपति शर्मा, यज्ञ सापकोटा, सीता केसी, सम्झना भण्डारी, अर्जुन सापकोटा, र सुनिता सुनारले आवाज दिएका छन्। गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन्।

मदन खड्काले निर्देशन गरेको भिडियो बिकास ज्ञवालीले सम्पादन गरेको भिडियोमा गरेका छन् भने सुविर पण्डित, रमा थपलिया, यज्ञ सापकोटा, अर्जुन सापकोटा, आयुषा कार्की, र सरस्वती फुँयालले अभिनय गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.