‘पान पुतली माया’ भन्दै आए गीता र सुनिल (भिडीयो)


काठमाडौँ । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वर रहेको ‘पान पुतली माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिगं मलमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो रिलिज गरेको हो । जसमा मोडलद्धय गीता ढुंगाना र सुनिल न्यौपानेको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

एक प्रेमील जोडीको रोमान्टिक प्रेम कथालाई आइतबार दर्शकका सामु ल्याएसँगै मोडल सुनिलले आफ्नो टिमले सक्दो मेहेनत गरेको र अब दर्शक श्रोताको सल्लाह सुझावको खाँचो रहेको बताए । एक रोमान्टिक जोडीको सुखद प्रेम कथालाई निर्देशक दीलिप समनले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।जहाँ गीता र सुनिल गज्जबसँग खुलेका छन् । सुनिल बुढाथोकीको सहायक निर्देशन ,रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन हरि हुमागाईले गरेका हुन् भने नहकुल खड्काले सम्पादन गरेका हुन् । मिना बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टबाट रिलिज गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.