ढकालको मौलिक घाँसे भाका ‘असार १५’


काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा सफल बनेको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा जन्मिएका लोकदोहोरी गायक ढकाल दुई दशकदेखि नेपाली लोक साङ्गीतिक क्षेत्रमा रहेका छन् ।

उनका ‘रातो साडी पानबुट्टेचोली हे बैगुनी’, ‘दुई खोली दोभान’, ‘घरमाइत’, ‘नाची देउ छमछमी’लगायत दर्जनौँ गीत लोकप्रिय छन् । गतवर्ष पनि ढकालको असार विशेष मौलिक असारे घासे भाकामा ‘गैह्री खेतको रोपाइँ’ बोलको गीत चर्चामा थियो ।

‘असार १५’ गीतमा गायिकाद्वय प्रतिमा अर्याल र सरु गौतमले साथ दिएका छन् । भिडियोमा राजेश ढकाल,सरु गौतम,अनिता पौडेल,पशुपति दाहाल,हिराकाजी सेन्चुरी,श्रीजन पण्डित, शिवजी मिश्रको अभिनय रहेको छ।

गीतमा संगीत संयोजन विष्णु तामाङ, मिलन श्रेष्ठको निर्देशन र भिडियो सम्पादन रोशन धितालको रहेको छ । गीतको भिडियो राजेश ढकालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।