हसन राईको ‘मखमली चोली’ भिडियो सार्वजनिक


काठमाडौँ। गायक हसन राईको स्वरमा रहको नयाँ गीत ‘मखमली चोली’ भिडियो सहित सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको छ।

भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिसठानका कुलपति भुपाल राई रहेका थिए। पछिल्लो समय कार्यक्रम गरेर भिडियो सार्वजनिक गर्ने प्रचलन कम भएको छ। हसनको ‘मखमली चोली’ भिडियो सार्वजनिक कार्यक्रममा संगीतकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो। गीतकार आनन्द अधिकारी,संगीतकार शान्तिराम राई, संगीतकार महेश खड्का,गायक सिताराम पोखरेल,संगीतकार डक्टर किराँत,कलाकार बिष्णु रिजाल, गायक रुपकुमार राई लगाएत थुप्रैको उपस्थिति रहेको थियो।

समन अधिकारीको निर्देशनमा बनेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका हुन्। कृस गुरुङ र उषा तामाङ फिचर्ड भिडियो मौलिक बनेको छ। लाहुरेको कथामा बनेको भिडियोमा लाहुरे संगको माया प्रीतिको कथालाई प्रस्तुत गरिएको छ। भिडियोका निर्माता प्रयास राई हुन्।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्ने अतिथिहरुले भिडियो उत्कृस्ट बनेको र हसन राईको स्वर राम्रो भएको बताए। प्रमुख अतिथि कुलपति राईले एक प्रतिभावान गायक हसनलाई संगीत क्षेत्रले पाएको बताए। भिडियो रोशन राई ‘पालुवा स्टार’ को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.