विनोद राईको गीत ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक विनोद राईको स्वर मा रहेको नयाँ गीत ‘जिन्दगी हो खेल जस्तै’ को भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार दीपेन्द्र अधिकारीको शव्द रचना, राजकुमार बगरको संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ ।

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, दृश्य तथा रङ्ग सम्पादनमा तयार भएको भिडियोमा सङ्गीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्रयाप’ (महजाल) मा पारिएको कथा बुनिएको छ ।

भिडियोमा रेग्मीको सिनेमाटोग्राफी र लोकेश भाटको ग्राफिक्स रहेको छ । भिडिओमा सेलिब्रेटीको भूमिकामा गीतका गायक विनोद राई स्वयंले र षड्यन्त्रकारी युवतीको भूमिकामा ऋचा थापाले अभिनय गरेका छन् भने सहायक भूमिकामा राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल र सुरज भुसाललाई देख्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.