गणेश र समीक्षाको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)


काठमाडौँ । गायक गणेश प्रधान र गायिका समीक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । ‘कर्के नजर’ बोलको गीतमा सौगात जङ्ग थापाको शब्द तथा संगीत रहेको रोमान्टिक नम्वरमा विशाल निरौलाको संगीत संयोजन रहेको छ।

युवराज खत्रीको निर्देशनमा बनेको भिडियोलाइ प्रबिन थापाले कोरियोग्राफी गरेका छन्। राजेश घिमिरेले छायांकन गरेको भिडियोमा सम्पादन युवराज खत्रीकोको रहेको छ। भिडियोमा अयुब केसी, स्मारिका ढकाल,प्रनिमा दाहाल र सुरेश कोहली फिचर्ड छन्। भिडियो जी मिडिया कनेक्सनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।