सुर रक्सको रोमान्टिक गीत ‘हेरी रहुँ तिमीलाई’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक तथा संगीतकार सुर रक्सको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। लामो समय देखि बुटवलमा नै रहेर निरन्तर नेपाली गीत संगीतमा सक्रिय सुर रक्सको रोमान्टिक नम्बरको गीत उनको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘हेरी रहुँ तिमीलाई’ बोलको गीतमा कमल रानाको एरेन्ज रहेको छ। बुटवलका बिभिन्न रमणीय स्थानमा छायाँकन गरिएको गीतको भिडियोमा गायक सुर रक्स र पुजा पाण्डे फिचर्ड छन्। दीपक पाण्डेको निर्देशन र छायाँकनमा बनेको भिडियोको सम्पादन लेजेण्ड फिल्म्समा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.