बबिनाको स्वर र संगीतमा ‘तिम्ले छोडी’ सार्वजनिक


काठमाडौं। प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । ‘तिम्ले छोडी’ बोलको गीतमा प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ ।

बबिनाको स्वर संगीत रहेको गीतमा लक्ष्मी प्रसाद मिश्रका शब्द समेटिएको छ । बलराम समालले संगीत संयोजन गरेको गीतको भिडियो कन्सेप्ट र निर्देशन झल्को कृएसनको रहेको छ । भिडियो बबिनालाई केन्द्रमा राखेर मेहेफिल शैलीमा बनाइएको छ । भिन्न प्रयोगको बबिना र समुहको यो भिडियो बबिना भट्टराईको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।