प्रचण्डबाबुको ‘तिम्रै याद आउँछ ‘ मा साक्षी (भिडियो)


काठमाडौं । गायक प्रचण्डबाबु राईले बुद्द जयन्तीको अवसर पारेर नयाँ गीत ‘तिम्रै याद आउँछ ‘ सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौंको मध्यबानेश्वरमा आयोजित एक कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो । हरि लम्सालको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोमा मोडेल साक्षी लम्साल , प्रचण्डबाबु र सचिन बोगटीको अभिनय रहेको छ ।

टुवेल नोट्स युट्युब च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा रोशन के श्रेष्ठको छायांकन, प्रविन मानन्धरको ड्रोन र विकास धमलाको सम्पादन रहेको छ । प्रचण्ड बाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ लोकप्रिय भएको थियो ।