हिन्दी गीत ‘तस्बिर’मा प्रभात र प्रनिमा (भिडियो)


काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाहय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन् त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको हुदा पछिल्लो समय केहि नेपाली म्युजिक भिडियो मेकरहरुले हिन्दी गीतको समेत निर्माणमा ध्यान दिन थालेका छन् यस्तैमा बिगत लामो समयदेखि अग्रणी रुपमा नेपाली गीतहरुको निर्माण गर्दै आइरहेको कम्पनी भवसागर इन्टरटेन्टमेन्टले हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक गरेको छ ।

अम्बिका गुरुङको शब्द रचना र शंकर थापा ‘स्माइल’को संगीतमा तयार ‘तस्बिर’ गीतमा इस्माइल दासको स्वर रहेको छ गीतलाई याकुब तामाङले एरेन्ज गरेका हुन् । बिशेषत हिन्दी गीतको बजार संसारभरनै धेरै ठुलो रुपमा फैलिएको र त्यसमा आफ्नो करियर खोज्दै धेरै नेपालीहरु अहिले पनि मुम्बईमा संघर्ष गरिरहेका छन् गीतको अडियो भिडियो मेकिङ्गलाइ हेर्दा हामीले यहि पनि धेरै राम्रो हिन्दी गीतहरु निर्माण गर्न सक्छौ भन्ने देखिन्छ। गीतको भिडियोलाई मनाङ जिल्लाको उच्च हिमाली लोकेसनमा छायांकन गरिएको छ ।

केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा प्रभातपाल ठकुरी र प्रनिमा दाहाल फिचर्ड छन् । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी , मिलन श्रेष्ठ र बन्दे प्रसादको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.