नारायणको स्वरमा ‘जुन मायाको पूजा गरे’


काठमाडौं । नारायण थापाको स्वरमा रहेको गीत ‘जुन मायाको पुजा गरे’ सार्वजनिक गरिएको छ । थापाकै संगीत र दिनेशराज पुरीको शब्द रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ।

विगत दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर सक्रिय रहँदै आएका थापाका दर्जन बढी गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । ‘जुन मायाको पुजा गरे’ बोलको गीत आभुषण इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।