दीपक लभको रोमान्टिक गीतमा नम्रता र जीवन (भिडियो)


काठमाडौँ । गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ ।

गीतमा आफूलाई मनपरेको युवतीको क्रियाकलापले आफूलाई उनी प्रति नभएको एक युवाले राखेको छ । गीतको भावमै भिडियोका कथा बुनिएको छ ।

भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवन कुमार ज्ञवालीको जोडी देख्न सकिन्छ । भिडियोमा तिम्रो भएन भर भन्दै जीवन नम्रताको पछि लागेको देखाइएको छ ।

नवराज उप्रेतीको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन छ । भिडियोमा कोरियोग्राफी निर्देशन कविराज गहतराजले गरेका छन् । दुर्गा प्रसाद भट्टराई भिडियोका निर्माता हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.