मर्मस्पर्शी गीत ‘गाह्रो भयो बुढ्यौली जीवन’ भिडियो सार्वजनिक


काठमाडौँ। समय सापेक्ष मर्मस्पर्शी गीत ‘गाह्रो भयो बुढ्यौली जीवन’ भिडियो सहित सार्वजनिक गरिएको छ। कोशी प्रदेश इटहरीमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा बालकृष्ण सिग्देलको शब्द रचना,स्वर तथा संगीत रहेको छ।

अरुण कुमार प्रधानले निर्देशन गरेको भिडियोमा दिनेश कोइराला,उमा कार्की,किशोर थापा,नारायण भण्डारी र बाल कलाकार दिभ्यन्ति बस्नेतको अभिनय रहेको छ। सुमन तामाङले छायांकन गरेको भिडियोको सम्पादन हेमन तामाङले गरेका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

निर्देशक समाजका महासचिव निर्देशक अरुण कुमार प्रधानले पछिल्लो समयको परिस्थितिलाइ नियाल्दा सासले मात्र नभएर बिदेशमा रहेका आफ्नो सन्तानको आगमनलाई लासले पनि पर्खनु पर्ने अवस्था सृजना भएको उल्लेख गर्दै म्युजिक भिडियो कथा त्यसै अनुसार बुनेको बताए।

Copyright © 2012 - 2026 | All Right Reserved.