सौरभको ‘बिपनीमा भेटौँ भन्थे’ मा दीपक र बिदुषी


काठमाडौँ। नव गायक सौरभ खतिवडाको स्वरमा ‘बिपनीमा भेटौँ भन्थे’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ। गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको रहेको छ। भिडियोमा दीपक बस्नेत तथा बिदुषी बन्जाडेको अभिनय रहेको छ। गीतको भिडियोलाई बिभुति बन्जाडेले निर्देशन गरेका हुन्। अमेरिकाको बाल्टिमोर, ओसन सिटि, फ्रेडरिक र आसपासका क्षेत्रमा छायांकन भएको हो।

लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका बिभुति बन्जाडेले यहि म्युजिक भिडियोबाट निर्देशनमा हात हालेका हुन्। सार्वजनिक गीत सौम्य सिने क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.