‘बफिन्स ९८’ले ल्यायो ‘चैते दशैं-फेदिखोलै बगर’


चर्चित पोखरेली ब्याण्ड ‘बफिन्स ९८’ले आफ्नो नयाँ गीत  ‘चैते दशैं-फेदिखोलै बगर’ सार्वजनिक गरेको छ।

नेपालको विभिन्न भूभागहरुमा आ-आफ्नै शैलीमा चैते दशैं मनाइने गरिन्छ। बफिन्सले स्याङ्जा जिल्लाको फेदिखोला बजारमा लाग्ने चैते दशै मेलालाई आधार बनाएर यो गीत बनाएको छ। सुदुर समयदेखि फेदिखोलाको किनारमा हुँदै आएको यो फेला हाल स्याङ्जा र छिमेकी जिल्लामा एक वृहत महोत्सवको रुपमा परिचित छ ।

यस गीतमा स्वर/संगीत – सन्जिब गुरुङ, शब्द – स्ट्रगल राना/सन्जिब गुरुङको रहेको छ भने, संगीत संयोजन सुमन तामाङ र ध्वनी संयोजन बुद्दराज बज्रचार्यको रहेको छ  ।

यस्तै गीतको भिडियोमा फेदिखोला बजार र सेरोफेरोका सुन्दर रमणीय स्थलहरुलाई आकर्षक रुपमा छायांकन गरिएको छ । भिडियोमा विशाल तामाङकोनिर्देशनमा यकिन गुरुङ र बेलु गुरुङको अभिनय हेर्न सकिन्छ ।

‘बफिन्स ९८’ ब्याण्ड सन् १९९८ मा पोखराको जनप्रीय बहुमुखी क्याम्पसमा अध्ययन गर्ने केहि उत्साही एवम् सांगीतिक क्रान्तिकारी युवाहरुको अगुवाइमा स्थापना भएको हो।

उनीहरुले मुलधारका व्यवसायीक संगीतलाई नपछ्याइ देशभक्ति तथा राष्ट्रियताका विषयलाई आफ्ना गीतसंगीतमा पेस गर्ने गरेका थिए। ।

बफिन्स ९८ ले हालसम्म ३ वटा एल्बम : नौलो कीर्ति-सन २०००, पहिचान-सन २००३ र परावृत्त-सन २०१३ मा बजारमा ल्याइसकेको छ । यी एल्बममा समावेश हाम्रो देश नेपाल, जब घामको (शान्तिको गीत), शहिद, म मरे पनि जस्ता गीतहरु श्रोतामाझ चर्चित रहँदै आएका छन्।

बफिन्स ९८ ले देशभक्ति गीत बाहेकका गीतमा पनि आफूलाई व्यक्त गरेका छन्।

बितिसक्यो यो दिन, आखाहरुमा, स्पर्श, आन्जानैमा बसेछ माया, बिर्सेर मलाइ, भावानाका तरेलिमाझ, एक्लो यो संसारमा जस्ता गीतहरु लोकप्रिय छन् ।

बितेका केही वर्षयता ‘बफिन्स ९८’ले हरेक बर्ष २/३ वटा सांगीतिक कोसेली पस्कदै आइरहेका छन्।

२०२४ सम्म आइपुग्दा ‘बफिन्स ९८’का अधिकांश संस्थापक सदस्यहरुले आ-आफ्नै पारिवारिक र व्यक्तिगत जिम्मेवारीका कारण छुट्टा-छुट्टै पेशा र बाटो छन् । यति हुँदाहुँदै पनि सन्जिब गुरुङ (गायक / वाद्यवादक) र जीवन भट्टराई (वाद्यवादक)ले रोशन महर्जन (वाद्यवादक), स्ट्रगल राना (लेखक) र शेर बहादुर गुरुङ (संयोजक) संगको सहकार्यमा आफ्नो सांगीतिक कोशेली पस्कदै आइरहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.