शंकर र उषाको ‘मायाको राज्य’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायिका प्रबिशा अधिकारी र गायक क्षितिज दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतमा शब्द अकेन्द्र भुलको र संगीत शंकर थापा स्माइलको रहेको छ।क्रियटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ, उषा उप्रेती र सुमन सिङ्ग्देन तामाङ फिचर्ड छन्। भिडियोमा शंकर र उषाको जोडीलाई प्रेमिल देखाईएको छ। उत्तम श्रेष्ठले निर्देशन गरेको भिडियोको छायांकन राजेश घिमिरेले र सम्पादन मिन रावलले गरेका हुन्।