सुजाता र अमृतले ल्याए लोकदोहोरी गीत ‘आलु तामाले’


काठमाडौँ । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् ।

एक अर्कालाई मन पराउने केटा र केटीले एक अर्काको आमाले आफूलाई स्वीकार नगरेको कुरा गीतमा गरिएको छ ।

गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।

सुशिल शर्माको निर्माण रहेको भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.