अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘सार्वजनिक (भिडियो)


काठमाडौं । गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीतकार डी पी खनालको शब्द रचना, बिक्रम राइको संगीत र पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

मुस्ताङ जिल्लाको हिमाली काखको मनमोहक दृश्यमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेल फिचर्ड छन् । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.