‘मेरो माया तिम्रो लागि’ भन्दै गरिमालाई फकाउँदै रुपक


काठमाडौंँ । गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज र संगीत गायक डोटेलकै रहेको छ ।

सेन्टिमेन्ट शैलीमा प्रेमपिडा ब्यक्त गरिएको गीत कर्णप्रिय छ । गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासोहरु पोखेका छन् । गीतको भिडियो एक जोडी प्रेमीको प्रेम र बिछोड देखाउन खोजिएको छ । भिडियोमा गायक डोटेल आफै देखिएका छन्, भने उनलाई अभिनयमा साथ गरिमा शर्माले दिएकी छन् ।

उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का हुन् ।