गीतकार डी.पी दाहालको ‘मादलुको तालमा’ लोमश र समरिकाको नृत्य (भिडियो)


काठमाडौँ। डिलाइटेड म्युजिक इण्डष्टीजको उत्पादन रहेको ‘मादलुको तालमा मन भयो चोरी’ बोलको नयाँ गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा रामजी खांड र ज्योती मगरको स्वर रहेको छ । यस गीतमा म्युजिक एरेन्ज तथा संगीत मनोहर सुनामको रहेको छ भने मनछुने शब्द लेखनको परिचय बनाएका गीतकार डी.पी दाहाल परिश्रमीको शब्द रचना रहेको छ । यस गीत प्रश्तुतकर्ता रिता सिम्खडा दाहाल हुन् ।

लोक भावमा रहेको गीतको भिडियोमा लोमस शर्मा र समारीका ढकालको फुर्तिलो नृत्य सहितको अभिनय हेर्न पाइन्छ । भिडियो डीपी दाहाल युटुब च्यानलमा गएर हेर्न सकिन्छ । सागर ज्ञवालीले निर्देशन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन र नारायण जिसीले छायांकन गरेका छन् ।