रङ्गकर्मी भीष्म जोशीको ‘समय र उमेर’ सार्वजनिक(भिडियो)


काठमाडौँ । रङ्गकर्मी भीष्म जोशीले नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक गरेका छन् । विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका छन् ।

सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको गीतमा भीष्म जोशीका शब्द तथा सविन सेन्चुरीकै सङ्गीत रहेको छ । गीतको भिडियोमा रङ्गकर्मी जोशीसहित रिस्ता बस्नेत, नेहा शाही, रवीन्द्र थापा लगायतको अभिनय देख्न सकिन्छ । सुजय गौतमको छायाङ्कन तथा हेमन्त अधिकारीको ‘आर्ट डिरेक्सन’ रहेको गीतको भिडियोलाई रङ्गकर्मी जोशी स्वयंले निर्देशन गरेका हुन् । गीतको भिडियो आर्ट घर यु–ट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।