‘आकाशैमा चिल हो कि बेसारा’ बबिनाको स्वरमा फिमेल भर्सन सार्वजनिक (भिडियो)


काठमाण्डौ। दर्शक श्रोताले मन पराएको गीत ‘आकाशैमा चिल हो कि बेसारा’ फिमेल भर्सनमा सार्वजनिक गरिएको छ। गायिका बबिना किराँतीको स्वरमा उक्त गीत सार्वजनिक गरिएको हो। यो गीतको मेल भर्सन केहि बर्ष पहिले गायक महेश थुलुङ्गको स्वरमा सार्वजनिक गरिएको थियो। गायिका बबिना किराँतीको यो भन्दा अगि पनि दर्जनौं गीतहरु चर्चित छन्।

जनजिब्रोमा झुण्डिएको यो गीतको शब्द रचना भुवन थुलुङ्गले गरेका हुन्। रिकेश गुरुङले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग मास्टरिङ्ग भने राजु कार्कीले गरेका छन्।

सम्राट अधिकारी, अनिश मगर, सृष्टि सुब्बा, रश्मि आले मगर र गायिका बबिना फिचरिङ्ग उक्त गीतको भिडियोलाई इसक जबेगुले छायांकन गरेका हुन्। विकास दाहालले सम्पादन गरेको उक्त गीतको म्युजिक भिडियोलाई राज दोङले सह निर्देशन र राजेश पुमा राइले निर्देशन गरेका हुन्। भिडियो गायिकाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।